भूकम्पपीडितलाई थाइ नेपाली एसोसियसनको सहयोग

भूकम्पपीडितलाई थाइ नेपाली एसोसियसनको सहयोग

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भक्तपुर ।

गत बैशाख १२, १३ र २९ गते गएको महाबिनाशकारी भूकम्पपीडितालाई थाइ नेपाली एसोसियसन थाइल्याण्डले सहयोग प्रदान गरेको छ ।

एसोसियनले सिन्धुपाल्चोकमा ४० वटा, काठमाडौंको मच्छेगाउँमा ४ वटा घर टहरा निर्माण गरि दिइएको छ ।

त्यस्तै, भक्तपुरको मुनिविहारको पुननिर्माणका लागि एक लाख रुपैयाँ समेत सहयोग गरेको छ । एसोसियसनले काठमाडौंको भृकुटीमण्डपमा कलाकारहरुको सहभागितामा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, नायक दिलिप रायमाझी, हाँस्यकलाकार किरण के.सी. (राता मकै) लगायत चिन्तामणि योगीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा १६० जनाले रक्तदान गरेका थिए । विपत् पश्चात सहयोगी हातहरुको सहयोग पाएका विभिन्न स्थानका स्थानियहरुले सहयोगी हातहरुले यसरी नै पिडितको पहिचान गरि सहयोग गर्ने संस्थाहरुको अझैं आवश्यकता रहेको बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी