विश्व वरीयतामा नेपाली क्रिकेट टोली १५ औं स्थानमा

विश्व वरीयतामा नेपाली क्रिकेट टोली १५ औं स्थानमा

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, २० असार ।

नेपाल पहिलो पटक ट्वेन्टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटको विश्व वरीयतामा परेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १५ औ स्थानमा पर्दै पुछारमा रहेको छ ।

विश्व वरियतामा प्रवेश गर्न कुनैपनि टोलीले कम्तिमा ८ वटा ट्वेन्टी ट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेल खेलेको हुनुपर्नेछ । नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप क्रिकेटमा तीन खेल खेलेको थियो ।

त्यसपछि श्रीलंकामा हङकङसँग एक खेल खेलेको नेपालले नेदरल्याण्ड्ससँग चार खेलको श्रृंखला सकाएपछि वरियतामा सेमिटन योग्य भएको हो ।

ट्वेन्टी–२० अन्तर्रा्ष्ट्रियको सुरुवाती ८ खेलमध्ये नेपाल तीनमा विजयी भएको छ भने ५ खेलमा पराजित भएको छ । बरीयतामा अन्य एसोसिएट्स राष्ट्रमा आयरल्याण्ड १३ औ र नेदरल्याण्ड्स १२ औं स्थानमा छ ।

यसैगरी अफगानिस्तान एघारौं तथा स्कटल्याण्ड दशौं स्थानमा छन् । ट्वेन्टी–२० अन्तर्रा्ष्ट्रियको शीर्ष स्थानमा श्रीलंका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी