कोपा अमेरिका फुटबलको उपाधि आयोजक चिलीद्धारा कब्जा

कोपा अमेरिका फुटबलको उपाधि आयोजक चिलीद्धारा कब्जा

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २० असार। कोपा अमेरिका फुटबल प्रतियोगिताको यसवर्षको उपाधि आयोजक चिलीले कब्जा गरेको छ ।

सान्टियागोको राष्ट्रिय स्टेडियममा आज बिहान भएको फाइनल खेलमा टाइब्रेकरमा अर्जेन्टिनालाई ४–१ ले पराजित गर्दै चिलीले पहिलो पटक उपाधि हात पारेको हो ।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा फर्नान्डेजले पहिलो गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए ।

त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै १–१ को खेल बराबरीमा पुरयाए । चिलीका आर्टुरो भिडाल र चाल्र्स अरान्गेजले गोल गर्दा अर्जेन्टिनाका गोन्जालो हेगुइन र एभर बेनेगाले पेनल्टीमा गोल गर्न नसकेपछि चिलीले ३–१ को अग्रता लियो ।

त्यसपछि एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका हुन् । गत वर्ष विश्वकपको फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक कोपा अमेरिकाको फाइनलमा पनि पराजित भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी