काठमाडौं, १९ असार ।
नेपाल टी –२० अन्तराष्ट्रिय क्रिकेटको विश्व वरियतामा पहिलो पटक पर्न सफल भएको छ ।
नेदरल्याण्ड्स विरुद्धको चार खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा जीत हात पारेसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको महत्वपूर्ण उपलब्धि हात पारेको हो ।
विश्व वरियतामा प्रवेश गर्न कुनैपनि टोलीले कम्तिमा ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नु पर्ने हुन्छ नेपालले नेदरल्याण्डसँगको चार खेलको सिरिज पुरा गरेसँगै अहिलेसम्म ८ वटा अन्तर्रा्ष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल खेलेको छ ।
नेपालले नेदरल्याण्डसँगको खेल अघि नै चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेलिसकेको थियो । आइसिसीको बरियतामा अहिले १४ देश छन् । नेपालले प्रवेश पाएपछि बरियतामा १५ देश समावेश हुने छन् ।
आइसिसीले नयाँ बरियता सार्वजनिक नगरेकाले नेपाल बरियताको कुन स्थानमा रहने छ भन्नेबारे अझै थाहा भएको छैन ।