सार्वजनिक विदा कटौती गरेर विद्यालय सञ्चालन गराउन सरकारको निर्देशन

सार्वजनिक विदा कटौती गरेर विद्यालय सञ्चालन गराउन सरकारको निर्देशन

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १९ असार ।

सरकारले सार्वजनिक विदा कटौती गरेर विद्यालय सञ्चालन गराउन सबै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ । गत वैशाख १२ को भूकम्पले पढाइ प्रभावित भएकाले ‘कोर्स’ पूरा गराउन विदा कटौति गरी विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो ।

शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभागले चालु शैक्षिकसत्रमा कम्तिमा २२० दिन कक्षा सञ्चालन गर्न शिक्षा कार्यालयहरुलाई परिपत्र गरेको छ । शिक्षा विभागका प्रवक्ता खगेन्द्र नेपालले बर्षे, हिउँदे र चाडपर्वको विदा कटौति गरेर भए पनि पढाउन निर्देशन दिइएको जानकारी दिए ।

नयाँ शैक्षिकसत्रको सुरुमै भूकम्प जाँदा एक महिना भन्दा धेरै समयसम्म पढाइ अबरुद्ध भएको थियो । पढाइ पूरा गर्न काठमाडौं उपत्यकाका विद्यालयहरुले शुक्रबार हुने हाफ छुट्टी कटौति गरी पूरै समय पढाउँदै आएका छन् ।

यसैबीच शिक्षा विभागले धार्मिक प्रकृतिका विद्यालयहरुलाई आगामी पाँच बर्ष्भित्र आफ्नै विद्यालयको नाममा जग्गा र भवनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

गुरुकुल, आश्रम, मदरसा, गुम्बा र विहारहरुलाई धार्मिक प्रकृतिको विद्यालय मानिन्छ ।

धार्मिक प्रकृतिका यस्ता विद्यालयहरुले सामुदायीक विद्यालयमा नियमित पढ्नेहरुलाई नै पढाएर सरकारबाट सेवा सुविधा लिने गरेको गुनासो आएपछि विभागले त्यस्तालाई खारेज गर्ने प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ ।

मदरसामा शनिबारको सट्टा शुक्रबार सार्बजनिक विदा दिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

यस्तै सरकारले आफूहरुको श्रम शोषण गरेको बाल विकास केन्द्रका सहयोगी तथा कर्मचारीहरुले आरोप लगाएका छन् । उनीहरुले सेवा सुविधा बृद्धिको माग राख्दै आएका छन् ।

माग बेवास्ता गरिए साउन १ गतेदेखि पढाइ ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी