काठमाण्डौ,१८ असार ।
बलिउड नायक साहिद कपुरले आफनो बिहेमा पुर्ब पे्रमिकालाई बोलाएका छन । १२ जुलाईमा दिल्लीकी मिरा राजपुतसंग बैबाहिक सम्बधनमा बाधिन लागेका उनले मिराकै आग्रहमा पुर्ब प्रेमिकालाई बोलाएका भारतीय संचार माध्यमले जनाएका छन ।
यस्तै उनको बिबाहको कार्ड पनि सार्बजनिक भएको छ । कार्डमा लेखिएको छ ‘उपहार नल्याउनुहोला मात्रै शुभकामना ।’ उनले आफना केही आफन्तलाई बाँडिएको कार्ड सामान्य तर, आकर्षक रहेको बताईएको छ ।
यो जोडीको बिबाह १२ जुलाईमा मुम्बईमा हुने भएको छ । पुर्ब पे्रमिकासंगै अन्य नायिकाका संग राजपुतले भेट्ने बताएपछि साहिदले सबै नायिकालाई निम्तो दिएका छन । कुनै समय साहिदसँग अफेयरमा रहेका करिना कपुर, प्रियंका चोपडा, सोनाक्षी सिन्हा पनि बिबाहमा सहभागी हुने भएका छन ।
बलिउडका केही नायिकासँग नाम जोडिएपनि अन्तिममा साहिदले चलचित्र क्षेत्र बाहिरकी यूवतीसँग बिहे गर्न लागेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

