काठमाण्डौ,१८ असार ।
टि ट्वेन्टी बिश्वकप छनौट अन्तगर्त हिजो भएको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले हार ब्यहोरेको छ । ४ म्याचको श्रृँखलामा अन्तगर्त हिजो भएको तेस्रो खेलमा पनि नेदरल्याण्डले जित हात पार्दै ट्वेन्टी ट्वेन्टी श्रृँखला १ खेल खेल्नु अघिनै आफ्नो पक्षमा पारेको छ ।
नेदरल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएर मैदान उत्रेको नेपाल १ सय ३३ रनमा मात्र समेटीन पुग्यो । जारी सिरिजमा फितलो ब्याटिङ गर्दै आएको नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक ३६, सरद भेष्वाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्द्र मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाएपनि जितका लागि र्पयाप्त हुन सकेन ।
नेपालका करण केसीले २, तथा बसन्त रेग्मि, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए । नेपालले आज नेदरल्याण्ड विरुद्धको ४ म्याचको सिरिज अन्तर्गत चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।