काठमाण्डौं, असार १७ ।
नेपाल शैक्षिक परामर्श संघ ( ईक्यान ) को आयोजनामा आजबाट काठमाण्डौंमा चार दिने शैक्षिक मेला शुरु भएको छ ।
भृकुटीमण्डपमा शुरु भएको मेलाको उद्घाटन शिक्षा मन्त्री चित्र लेखा यादवले गर्नु भएको थियो ।
सो अवसरमा उहाले देशको विकासको मुल आधार शिक्षा भएकोले अहिले गुणस्तरीय शिक्षा र अन्तराष्ट्रिय स्तरको पढाई नेपालमा पनि हुनु पर्ने बताउनु भयो ।
ईक्यानका अध्यक्ष राजेन्द्र बरालले आफूहरुले स्वदेशी विद्यार्थीलाई विदेश पठाएर ब्रेन ड्रेन गरेको आरोप लाग्ने गरेको भन्दै खासमा ब्रेन गेनका लागि विद्यार्थी पठाउने गरेको बताउनु भयो ।
मेलामा देश विदेशका सार्क राष्ट्र सहित अन्य मुलुकका शैक्षिक संस्थाहरु सहभागी छन् ।
मेला २० गते सम्म चल्ने अध्यक्ष राजेन्द्र बरालले जानकारी दिनु भयो ।
मेलामा उल्लेख्य अवलोकनकर्ताहरु सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline