एजेन्सी,१७ असार ।
ट्वेन्टी–ट्वेन्टी अन्तराष्ट्रिय अध्यासमा खेलमा ब्यस्त नेपाली क्रिकेट टोलीले आज नेदरल्याण्डसंग तेस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार राती पौने ९ ब सुरु हुनेछ ।
यसअघि भएका दुबै खेलमा नेपाल पराजित भएको थियो । आज खेल नेपालले जित्नुपर्ने दबाब छ । हिजो राती भएको द्रोस्रो खेलमा नेदरल्याण्डले नेपालमाथि १ सय ३ रनको सानदार जित आत पा¥यो ।
नेरदल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाउँदै मात्रै ६९ रन बनाउन सक्यो । नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्डका माइकल रिप्पोनले तीन तथा थिज भान साल्भेन र पल भान मिकेरेनले समान दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा मात्रै ४ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । नेदरल्याण्डका माइकल स्वर्टले नटआउट ७६ तथा बेन कुपरले ६६ रन बनाए ।
नेपालका सोमपाल कामीले दुई तथा करण केसी र अविनाश कर्णले एक एक विकेट लिए । यसअघि मंगलबार भएको पहिलो खेलमा पनि नेपाल १८ रनले पराजित भएको थियो ।