काठमाण्डौ,१७ असार ।
नेपाल बैदेशिक रोजगारी ब्यवसायी संघको निर्वाचन आज हुदैछ ।
राजधानीको कमलादी स्थीत प्रज्ञा प्रष्तिठानमा दिउसो १ बजे मतदान सुरु हुने निर्वाचन समितीले जनाएको छ ।
नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेको समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेको छ भने गैरराजनीतिक समूह विशुद्ध ब्यवसायीको समूहको रुपमा प्रतिष्पर्धामा उत्रिएको छ ।
संघ निर्वाचनमा नेतृत्वको लडाइमा कांग्रेस निकट लोकतान्त्रिक फोरमबाट विमल ढकालको समूह, एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार मञ्चबाट सरोज पोखरेल र स्वतन्त्ररुपमा विशुद्ध व्यवसायीहरुको समूहबाट किरण किशोर घिमिरे प्रतिष्पर्धामा छन् ।
मतदानमा १ हजारभन्दा बढी व्यवसायीको सहभागिता रहेनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline