असार १६ काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार अभियोग सम्बिन्ध पुरानो मुद्धामा दरबारबाट हुकुम प्रमाङिग ( मिनाहा ) पाएर पनि फेरी सजाय भुक्तानी बॉकी रहेको भन्ने मुद्धा चलाएर जेल पुगे पछि नया अध्यक्षका लागि अहिले पशुपति मुरारका चर्चामा आएका छन् ।
चुनावका बेला भाष्कर राज कर्णिकारकै पक्षमा लडेर उपाध्यक्ष भएका मुरारका हाल आएर अध्यक्ष पद प्राप्त गर्ने अवस्थामा पुगेका छन् । पहिलो निर्वाचनमा पराजीत भाष्कर राज कर्णिकार र अध्यक्षको दावीमा रहेकी भवानी राणालाई मिलाएर अध्यक्ष पद लिने अवस्थामा मुरारका पुगेपछि यसको बारेमा विभिन्न क्षेत्रमा बेग्ला बेग्लै चर्चा शुरु भएको छ ।
खास गरी अदालत भित्र प्रदीप जंग पाण्डेको जस्तो मुद्धा रुकमाङगत कटुवालदेखि विभिन्न निकायका पदाधीकारीहरुको समेत रहेकाले पाण्डेलाई सेटिङमा जेल पुऱ्याएको न्यायिक स्रोतको दावी छ ।
स्रोतका अनुसार भाष्करराज कर्णिकार , मुरारका सहितको टोलीले योजनावद्ध रुपमा पाण्डे विरुद्धको मुद्धा उठाएको र जेल पुऱ्याउन भूमिका खेलेको र त्यस समयमा भाष्करलाई अध्यक्ष बनाउने विषयमा मुरारका सहितको सहमति रहेको थियो ।
तर अहिले कसरी मुरारका अध्यक्ष हुने भए भनेर न्यायिक क्षेत्र भित्रै पनि र अन्यत्र पनि चर्चा भएको दावी सुत्रको छ ।
अब यदी अदालतमा बिचाराधीन रहेको मुद्धामा जीत हात पारेर प्रदीप जंग पाण्डे बाहिर आए भने उनलाई कहॉ स्थान दिने ? भन्ने प्रश्न उठेको छ ।
कानुनी व्यवस्थामा कुनै पनि एक व्यक्तिमाथि दुवै कार्बाही एकैसाथ हुने व्यवस्था छैन । अहिले उनको उद्योग वाणिज्य महासंघको अध्यक्षको विकल्प खोज्ने बाटोका लागि जेल पठाईएको बुझाई पाण्डे समर्थकहरुले गरेका छन् ।
उनीहरुले अहिले महासंघको निर्वाचन गर्नु र अध्यक्ष चुन्नु नै गलत हुने तर्क गरेका छन् ।