असार १६ काठमाण्डौं ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री बाबुराम भट्राईले भूकम्पले प्रभाव पारेको काठमाण्डौं उपत्यका र यस आसपासका प्रभावित जिल्लालाई न‘या तरीकाले पुननिमार्ण गर्नु पर्ने बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीसाग कोटेश्वर पेरिसडाडामा भेट्दै उपाध्यक्ष भट्टराईले भूकम्प विगत लाखौं वर्षदेखि आईरहेको र फेरी पनि आउन सक्ने भएकाले त्यस्तो भूकम्प आउदा क्षति नहुने खालको संरचनाको विकास गर्नु पर्ने बताउनु भयो ।
त्यस्तो विकासमा स्वायत्त र अधिकार सम्पन्न प्राधिकरण गठन गरेर नया विकास, शहरी विकास , वस्ती विकास जस्ता कुराहरुको एकीकृत विकास गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।
पश्चिम नेपाल सहित देशमा फेरी भूकम्प आउदा फेरी क्षति हुन सक्ने भएकाले अहिले नै पाठ सिकेर समग्र योजना बनाएर अघि बढ्नु पर्ने भट्टराईको धारणा छ ।
तर त्यस्तो समग्र योजना र विकासका लागि सक्षम राजनीतिक नेतृत्वको आवस्यकता रहेकोमा उहाको तर्क छ ।
एक फरक प्रसगमा सोधएिको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले शहीद परिवारलाई पाच लाख मात्र दिएर अरु रोक्न खोजिएको देखिएको र आफ्नो पालामा तामाकोशीको पाच लाख रुपैया बराबरको शेयर दिनु पर्ने भनेर निर्णय गरे पनि कार्यन्वयन नगरिएकाले यसमा सबैले पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

