कोपा अमेरिका फुटबलको उपाधीका लागि अर्जे्न्टिना र चिली भिड्ने

कोपा अमेरिका फुटबलको उपाधीका लागि अर्जे्न्टिना र चिली भिड्ने

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,१६ असार ।

अर्जे्न्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । आज बिहान भएको खेलमा पराग्वेलाई ६–१ गोल अन्तरले पराजित गर्दै अर्जे्न्टिनाले उपाधी नजिक पुगेको हो ।

अर्जे्न्टिनाले १५ औं मिनेटमा मार्कोस रोजोको गोल मार्फत गोलको खाता खोलेको थियो । २७ औं मिनेटमा जाभियर पास्टोरेले अर्जे्निटनाको अग्रता दोब्बर पारे , ४३ औं मिनेटमा पराग्वेका लुकार वारियसले गोल गर्दै खेल २–१ मा पुर्याए ।

पराग्वेले दोश्रो हाफमा थप ४ गोल खायो । दोश्रो हाफको दोश्रो मिनेटमानै लियोनन मेस्सीको पासमा एन्जल डी मारियाले गोल गरे । तेश्रो गोलको ६ मिनेट वित्न नपाउँदै दोश्रो हाफको ८ औं मिनेटमा मेस्किकै पासमा मारियाले अर्जे्न्टिनाको अग्रता ४–१ मा पुर्याए ।

दोश्रो हाफको ३५ औं मिनेटमा सर्जियो एग्युरो र ३८ औं मिनेटमा हिग्गुइनले गोल गरेपछि अर्जे्न्टिना ६–१ को फराकिलो जितका साथ फाइनल प्रवेश गर्यो ।

अब उपाधीका लागि अर्जे्न्टिनाले आयोजक चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी