नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल १८ रनले पराजित

नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल १८ रनले पराजित

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १६ असार ।

नेपाल नेदरल्याण्ड्स बिरुद्धको पहिलो ट्वेन्टी–२० अन्तराष्ट्रिय क्रिकेटमा १८ रनले पराजित भएको छ । नेदरल्याण्ड्सको आम्सटेभिलमा गयराती सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्डस्ले ५ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

जवाफमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन मात्रै जोड्न सक्यो । नेपालका कप्तान पारस खड्काले अविजित ४५ रन जोडे भने अन्य कुनै पनि व्याट्सम्यान टिक्न सकेनन् ।

जितपछि नेदरल्याण्ड्सले ४ खेलको ट्वेन्टी ट्वेन्टी शृङ्खलामा १(० को अग्रता लिएको छ । आसन्न विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट प्रतियोगिताको तयारीमा नेपालले नेदरल्याण्ड्स विरुद्धको शृङ्खला खेलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी