भूकम्प प्रभावित विद्यार्थीले एक हजार पाउने

भूकम्प प्रभावित विद्यार्थीले एक हजार पाउने

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १६ असार ।

सरकारले बिनासकारी भूकम्पबाट प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय पोशाक र झोला किन्न एक हजार रुपैयाँ दिने भएको छ । शिक्षा विभागले बिद्यार्थीहरुका लागि प्रभावित जिल्लामा ४६ करोड रुपँयाँ पठाइएकोे जनाएको छ ।
विभागका योजना तथा अनुगमन महाशाखाका निर्देशक दिपकुमारी गुरागाईंले भूकम्पका कारण विद्यालय पोशाक र झोला पुरिएका विद्यार्थीलाई सहयोग गर्न ४६ करोड रुपैयाँ प्रभावित जिल्लामा पठाइएको जानकारी दिनुभयो ।

पोशाक र झोलाको लागि १४ जिल्लामा मात्र रकम विनियोजन गरिएको भएपनि पाठ्यपुस्तक पुरिएका र विद्यालय भवन भत्किएका ५२ जिल्लामा थप रकम निकासा गरिएको छ । ती जिल्लामा क्षतिको आधारमा १५ देखि ७० प्रतिशतसम्म सहयोग गरिने शिक्षा विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी