ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको अभ्यासमा व्यस्त नेपाली राष्ट्रिय टोलीले आजबाट नेदरल्याण्डसांग चार टि ट्वान्टी श्रृंखला शुरु गरेको छ ।
पहिलो अभ्यास खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको छ । शुरुमा व्याटीङ गरेको नेदरल्याण्डले नेपाललाई १ सय ३५ रनको चूनौती दिएको छ ।
नेदरल्याण्डले पुरै २० ओभरमा पाच विकेट गुमाएर १ सय ३४ रन बनायो ।
नेपालका लागि बसन्त रेग्मीले २ तथा करण केसीले एक विकेट लिएका छन् । बॉकी २ ब्याट्सम्यान रन आउट भएका थिए । यो खेलको विवरण अपडेटका लागि http://www.espncricinfo.com/ci/engine/match/883341.html यहा क्लिक गर्नुहोला ।
आगामी १० जुलाइमा आयरल्याण्डमा हुने छनौट अघि नेपालले नेदरल्याण्डसांंग उसको घरेलु मैदानमा सो श्रृंखला खेल्न शुरु भएको हो ।
नेदरल्याण्ड विरुद्धको श्रृंखलमा २ खेल जिते नेपाल बरियतामा नामिवियाभन्दा अगाडि आउने छ भने चारै खेल जिते टि ट्वान्टीट बरियतामा नेपाल बंगलादेशभन्दा माथि आउनेछ । यसअघि गएराती भएको चौथो अभ्यास खेलमा भने नेपाल ६ विकेटले विजयी भएको थियो ।
चौथो अभ्यासमा टस जितेर पहिले ब्याटिङ गरेको बाथ क्रिकेट क्लबले निर्धा्रित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ५६ रनको सम्मानजनक योगफल तयार पारेको पथर्यो । १ सय ५७ रनको च्नौती पच्छ्याएको नेपालले सो लक्ष्य १७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । ईङल्याण्डमा ४ वटा अभ्यास खेलमा नेपालले २ मा जित र २ मा हार ब्यहोर्दै नेदरल्याण्ड पुगेको हो ।