काठमाडौं असार १५ ,
बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट धेरै प्रभाबित १४ वटा जिल्लामा नेपाल उद्योग वाणिज्य महासंघ र रोटरी इन्टरनेष्नलले १ सय ४० वटा विद्यालय निमार्ण गर्ने भएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघ र रोटरी इन्टरनेष्नल डिस्ट्रिक्ट तथा शिक्षा मन्त्रालयबीच १ सय ४० वटा विद्यालय निर्माण सम्बन्धमा आज राजधानीमा सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला शिक्षा कार्यालय र विद्यालय व्यवस्थापन समितिसाग समन्वय गरेर भुकम्प बढी प्रभावित १४ वटा जिल्लामा १० वटाका दरले १ सय ४० वटा प्राथमिक सामुदायिक विद्यालय बनाइदिने छ ।
रोटरी इन्टरनेष्नलले ती विद्यालयमा शौचालय, खानेपानी, पुस्तकालय र फर्निचरको व्यवस्था गरिदिने छ । १८ महिनाभित्र विद्यालय बनाइदिइ सक्ने महासंघ र रोटरीले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline