नेपालीको लागि विदेश नै रोजगारीको प्रमुख रोजाई

नेपालीको लागि विदेश नै रोजगारीको प्रमुख रोजाई

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

इपिएस परिक्षामा सहभागी हुन विहिवार देखि आवेदन खुल्ला गरिएको छ ।

सर्वोच्च अदालतले संविधान प्रदत्त रोजगारीको हक सुरक्षित गर्न सरकारलाई आदेश दिएपनि नेपालीको लागि विदेश नै रोजगारीको प्रमुख रोजाई  बनेको छ ।

आगामि वर्ष ७ हजार १ सय कोटाको लागि खुलाइएको कोरियाली भाषा परिक्षा इपिएसमा उत्पादनमुलक तर्फ ४ हजार नौ सय र कुषि तथा पशुपालन तर्फ २ हजार २ सय नेपालीहरु कोरिया जान पाउनेछन् ।

परिक्षाका लागि विहान ८ देखि साँझ ५ बजे सम्मको समय तोकिएको छ भने उपत्यककामा ५ स्थान तथा उपत्यका बाहिर ५ स्थानबाट फारम भर्ने व्यवस्था मिलाइएको छ ।

यसपटकको  इपिए परिक्षा आगामि जेष्ठ ३० र ३१ गते सञ्चालन हुदैछ । फारम बुझाउन लागि उपत्यका बाहिर ५ वटा केन्द्र राखिएपनि पोखरा बाहेक अन्य स्थानबाट आवेदन दिनेहरु परिक्षाको लागि भने काठमाण्डौ नै आउनु पर्ने बाध्यता कायमै छ । सन् २०१६ मा कोरिया जानको लागि अहिले आवेदन खुल्ला गरिएको हो ।

सन् २००८ देखि सुरु भएको यस रोजगारी अनुमति प्रणाली अन्तर्रगत हाल २६ हजार नेपाली कोरियामा कार्यरत रहेका छन् । कोरियामा रोजगारीका लागि अनिवार्य रुपमा भाषा परिक्षा पास गर्नुपर्ने हुन्छ ।

हाल कोरियामा कार्यरत कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैया कमाउन सक्छन् । रोजगारीको सुरक्षित गतव्य, मासिक आम्दानी तथा ओभरटाइम समेत गर्न मिल्ने भएकोले नेपाली युवाको आर्कषण बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी