काठमाडौं, १५ असार । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत पछिल्ला खेलमा पेरुलाई हराउँदै आयोजक चिली फाइनल प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा अन्तरगत आज बिहान घरेलु मैदानमा भएको खेलमा चिलीले पेरुलाई २–१ ले पराजित गर्यो ।
खेलको २० औं मिनेटमा पेरुका कार्लोस जाम्रानोले रातो कार्ड पाएपछि पेरु १० खेलाडीमा समेटियो । एडुवार्डो भार्गासले ४२ औं मिनेटमा गोल गर्दै घरेलु टोली चिलीलाई १–० को अग्रता दिए ।
६० औं मिनेटमा चिलीकै ग्यारी मेडेलले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । तर त्यसको ४ मिनेटपछि भार्गासले ब्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु समर्थक पाएको चिली २–१ ले विजयी भयो ।
दोस्रो सेमिफाइनल अन्तरगत भोली अर्जेन्टिना र पाराग्वे बीचको खेल हुनेछ । भोलीको खेल विजेता टोलीसँग चिलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline