सुदूरपश्चिममा अझै ८३ प्रतिशत रोपाई बाँकी

सुदूरपश्चिममा अझै ८३ प्रतिशत रोपाई बाँकी

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

धनगढी, १५ असार ।

मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिईने असार १५ तथा विश्व धान दिवस २०७२ को अवसरमा सुदूरपश्चिममा बिभिन्न कार्यक्रम गरि मनाईदै छ ।

प्रत्येक वर्षको असार १५ मा यस दिवसलाई सबै सरकारी कर्मचारी, राजनीतिक कर्मी, स्वयमसेवक, सञ्चारकर्मी, कृषक लगायत सबै मिलि खेतमा धान रोपाई गरि मनाउने गर्दछन् ।

‘धान खेतीमा आधुनिकिकरण, उत्पादन लागतमा न्यूनिकरण भन्ने मुल नाराका साथ १२ आँै राष्ट्रिय धान दिवस रोपाईँ सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरि मनाईन लागेको छ । बिभिन्न कार्यालय, संघसंस्था, नागरिक समाज, संचाकर्मी तथा स्थानीय कृषकहरुको सहभागितामा धान रोपाई दिवस मनाउन लागिएको क्षेत्रिय कृषि निर्देशनालयले जानकारी दिएको छ ।

प्रमुख खाद्यबालिको रुपमा धानलाई लिने गरेको भएपनि यस बर्ष सुदूरपश्चिमका अधिकांस जिल्लाका खेतहरुमा बाँझै रहेकाछन । क्षेत्रिय कृषि निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिमको १ लाख ७५ हजार ५ सय ५७ हेक्टर जमिनमध्य ५६ हेक्टर जमिनमा धान रोपाई सकिएको छ ।

यस अनुसार सुदूरपश्चिममा १७ प्रतिशत मात्र खेत रोपाईँ भएको जनाईएको छ । क्षेत्रिय कृषि निर्देशनालय दिपायलका अनुसार ५० प्रतिशतभन्दा बढी खेत रोपाई अछाम, बझाङ र बैतडीमा भएको छ भने सबैभन्दा कम कैलाली, कञ्चनपुर र दार्चुलामा भएको जनाईएको छ ।

यता, जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी खेमराज जोशीले कैलालीमा गत वर्ष भन्दा यस वर्ष कम रोपाई भएको जनाएका छन् । उनका अनुसार कैलालीमा यस वर्ष अहिलेसम्म ७१ हजार हेक्टर जमिनमा २० प्रतिशत मात्र रोपाई भएको छ भने गत वर्ष असार १५ सम्म ४० प्रतिशत रोपाई सकिएको बताए । यस्तै डोटीमा पनि गत वर्षको भन्दा यस वर्ष कम रोपाई भएको जनाईएको छ ।

जिल्ला कृषि कार्यालय डोटीका कार्यालय प्रमुख यज्ञराज पाण्डेका अनुसार यस वर्ष डोटीमा ९ हजार ५ सय ३१ हेक्टरमध्ये ४५ प्रतिशत रोपाई सकिएको बताए । उनले डोटीको जोरायल, वायल, तानासैनी र नगरपालिकाका आधा भागहरु गरि ५५ सय हेक्टरमा रोपाई सकेको बताए ।

यस्तै गत वर्ष डोटीमा ५५ प्रतिशत रोपाई सकिएको थियो । अछाममा भने ५५ प्रतिशत क्षेत्रमा मात्र रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय अछामको तथ्यांक रहेको छ । यतिवेलाको वर्षाका कारण असार १४ सम्म ५० देखी ५५ प्रतिशत क्षेत्रमा रोपाई सकिएको कृषि विकास कार्यालय अछामका बागवानी विकास अधिकृत डम्मर सिंह भाटले बताए ।

उनका अनुसार अछाम जिल्लाका कैलास किनार, बुढिगंगा छेउछाउ र कर्णाली किनारका खेतहरुको रोपाई सकिएको छ भने कम पानी हुने र वर्षाको भर पर्ने खोला किनारका खेतहरुमा रोपाई हुन बाँकी रहेका छन । जिल्लाको ५६ हजार ३ सय ४७ हेक्टर कुल खेतीयोग्य भुभाग मध्ये ४२ हजार ४ सय १३ हेक्टर क्षेत्रफलमा खेती भईरहेको छ ।

जसमा १६ हजार ५ सय ७० हेक्टरमा धान खेती हुने गरेको बागवानी अधिकृत भाटले बताए । गतवर्ष अछाममा ३३ हजार एक सय ४० मेट्रीक टन धान उत्पादन भएको थियो । यस्तै, बझाङमा ७ हजार ६ सय हेक्टर मध्य ४ हजार ४० हेक्टरमा खेत रोपाई सकिएको छ भने बैतडीमा १० हजार ५ सय २० हेक्टर मध्य ५ हजार २ सय ८ हेक्टरमा रोपाई सकिएको क्षेत्रिय कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार दार्चुलामा ३ हजार ६ सय २५ हेक्टरमध्य ३ सय ६२ हेक्टर सकिएको छ भने बाजुरामा ३ हजार १ सय १५ हेक्टरमध्य ६ सय ७८ हेक्टरमा रोपाई सकिएको जनाएको छ । यस्तै डडेल्धुरामा ६ हजार २ सय २० हेक्टरमध्य ९ सय ३३ हेक्टर रोपाई सम्पन्न भएको छ भने कञ्चनपुरमा १२ प्रतिशतमात्र रोपाई सहिएको जनाईएको छ । कुल खेती योग्य जमिन ४८ हजार ७ सय ६१ हेक्टरमध्य ५ हजार ८ सय ५१ हेक्टरमा खेत रोपाई सकिएको निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी