सडकको पहिलो डाक्टर ट्राफिक

सडकको पहिलो डाक्टर ट्राफिक

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

असार १४ काठमाण्डौं ।

महानगरीय ट्राफिक पं्रहरी महाशाखा र अल्का अस्पताल प्रा. लि जाउलाखेलको समन्वयमा टा्रफिक प्रहरीहरुका लागि आज एक दिने प्रथामिक उपचार प्रशिक्षण दिइएको छ ।
सधै लाईसेन्स हेर्ने, कार्वाहि गर्ने र जाम खुलाउने कार्यमा मात्र सक्रिया देखिएका ट्राफिक प्रहरी अब सडकमा हुने दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भिर हुन नदिन पहिलो स्वास्थ्यकर्मीको रुपमा पनि सडकमा देखिने भएका हुन् ।

अबदेखि ट्राफिक प्रहरी सडकमा पहिलो स्वास्थ्यकर्मी भएर उभिने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले बताउनु भयो । सडक दुर्घटनाका क्रममा घाईते भएकाहरुलाई तत्काल उपचार सेवा दिएर अस्पताल सम्म पुर्याउन ट्राफिक प्रहरीहरु अब सक्रिय रहने प्रहरी प्रमुख चन्दको भनाई छ ।

स्वास्थ्य सम्बन्धी सामान्य जानकारी समेत नभएकाले ट्राफिक प्रहरी कुनै दुर्घटना घटे अस्पतालमा पठाउनु बाहेक केहि काम गर्न नसकिएको स्मरण गर्दै चन्दले अबदेखि घटनास्थलमा नै घाईतको उपचार गरेर आफ्नो गरीमालाई अझ बढाउनेमा जोड दिनुभयो ।

उहाले प्रशिक्षणमा सहभागी ट्रफिक प्रहरीलाई प्राथमिक उपचार पद्धती तथा यसका फाईदा बुझेर त्यसलाई ब्यावहारमा उतार्न पनि निर्देशन दिनुभएको छ ।

यस्तै प्रशिक्षणको औचित्यमाथि प्रस्ट पार्दै अल्का अस्पतालका अध्यक्ष कुमार थापाले सडकमा घट्ने हरेक दुर्घटना पछि घटनास्थलमा पुग्ने पहिलो ब्यक्ति ट्राफिक प्रहरी भएकाले उनीहरुलाई यो प्रशिक्षणले फाईदा पुग्ने बताउनु भयो ।

kumar thapa
कतिपय अवस्थामा घाईतेहरु हस्पिटल सम्म पुर्याउनु अघि नै सामान्य उपचार नपाएर आफ्नो ज्यान गुमाएका घटनाहरु रहेकाले यसलाई कम गर्न प्राथमिक उपचार पद्धतीका बिषयमा प्रशिक्षण चलाएको उहाको भनाई छ ।

ट्राफिक प्रहरीहरुकै जागरुकता र अग्रसरतामा अल्का अस्पतालले यो अघियानलाई निरन्तरता दिएको र आगामी दिनमा पनि सहयोग गर्नेमा उहाको जोड थियो ।

उपत्यकाका ट्राफिक प्रहरीहरुलाई अल्का अस्पतालका चिकित्सकद्धय डा. शिवचन्द्र अमात्य र डा. धर्मगत भट्टाराईले प्रशिक्षण दिनु भएको थियो ।

दुई भागमा बिभाजित कार्यक्रममा डा अमात्यले सवारी दुर्घटनामा परी घाईते भएकाहरुलाई कसरी उपचार गर्ने , उनीहरुको शरीरबाट बगीरहेको रगतलाई रोकथाम कसरी गर्ने ,स्वास प्रश्वासमा समस्या भएकालाई कसरी सहज गराउने भन्ने सिकाउनु भएको थियो ।
यसैगरी डा भट्टराईले भने गर्मिका कारण सडमा हिड्ने बटुवा तथा यात्रीहरु बेहोस भएमा कसरी उपचार गर्ने भन्ने बिषयमा प्रशिक्षण दिनुभयो । उहाले गर्मीले बेहोस भएकाहरुलाई गरिने प्राथमिक उपचारका बारेमा ट्रफिक प्रहरीलाई प्रशिक्षण दिनु भएको थियो ।
यस अघि ,ललितपुरमा अस्का अस्पतालकै समन्वयमा टा्रफिक प्रहरी ललितपुर प्रमुख (ईनिस्पेक्टर ) सिताराम हाछेथुको नेतृत्वमा सो क्षेत्रका ट्राफिक प्रहरीलाई प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षणमा उपस्थित हाछेथुले पहिलो चरणको प्रशिक्षणपछि अहिले ललितपुरमा कुनै घटना घटे ट्राफिक प्रहरीले तत्काल प्राथमिक उपचार गर्ने गरेपछि सकारात्मक प्रतिक्रिया आएको बताउनु भयो ।
विगतमा सडकमा कुनै दुर्घटना भएमा प्राथमिक उपचार थाह नभएका कारण ट्राफिक प्रहरीले सानो तिनो दुर्घटनामा पनि अस्पतालमा लाने गरेको आफ्नो अनुभाव सुनाउदै हाछेथु भन्नु हुन्छ ।
सधै ट्राफिक नियम पालाना गर्नका लागि मात्र खटिरहने ट्राफिक प्रहरीले सुरु गरेको प्राथमिक स्वस्थ्य उपचारको पहल सकारात्मक र प्रसंशनीय रहेको छ । सधै सडकमै रहने ट्राफिक प्रहरीको यो पहलले सडकमा हुने दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भिर हुनबाट बचाउन ठुलो मदत गर्ने आशा गरिएको छ । अल्का अस्पताल जाउलाखेल र महानगरीय ट्राफिक प्रहरीले सुरु गरेको यस अभियानमा सबैले सहयोग गरौ ।

chnd 2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी