अल्काको सहयोगमा ट्राफिकले गर्छ घाईतेको सडकमै प्राथमिक उपचार

अल्काको सहयोगमा ट्राफिकले गर्छ घाईतेको सडकमै प्राथमिक उपचार

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौ १४ असार ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले अबदेखि ट्राफिक प्रहरी सडकमा पहिलो स्वास्थ्यकर्मी भएर उभिने बताउनु भएको छ ।

महानगरीय ट्राफिक पं्रहरी महाशाखा र अल्का अस्पतालको समन्वयमा आज सम्पन्न एक दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रममा बोल्दै चन्दले सडकमा घट्ने दुर्घटनाका क्रममा घाईते भएकाहरुलाई तत्काल उपचार सेवा दिएर हस्पिटलसम्म पुर्याउन ट्राफिक प्रहरीहरु सक्षम रहेको बताउनु भयो ।

स्वास्थ्य सम्बन्धी सामान्य जानकारी समेत नभएकाले कुनै दुर्घटना घटे हस्पिटलमा पठाउनु बाहेकका केहि काम गर्न नसकिएको स्मरण गर्दै चन्दले अबदेखि घटनास्थलमा नै घाईतको उपचार गरेर आफ्नो गरीमालाई अझ बढाउनेमा जोड दिनुभयो ।

ट्राफिकलाई लाईसेन्स हेर्ने र कार्वाहि गर्ने भनेर चिनिने भन्दै उहाले अल्का अस्पतालले दिएको प्रशिक्षणपछि घाईते तथा तत्काल सडकमा प्राथमिक उपचार आवश्यक भएकाहरुलाई सेवा दिएर मृत्युबाट उनीहरुलाई जोगाउनेमा प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाले प्रशिक्षणमा सहभागी ट्रफिक प्रहरीलाई प्राथमिक उपचार पद्धती तथा यसका फाईदा बुझेर त्यसलाई ब्यावहारमा उतार्न पनि निर्देशन दिनुभयो ।

यस्तै ,प्रशिक्षणको औचित्यमाथि प्रस्ठ पार्दै अल्का अस्पतालका अध्यक्ष कुमार थापाले सडकमा घट्ने हरेक दुर्घटना पछि घटनास्थलमा पुग्ने पहिलो ब्यक्ति ट्राफिक प्रहरी भएकाले उनीहरुलाई यो प्रशिक्षणले फाईदा पुग्ने बताउनु भयो ।

कतिपय अवस्थामा घाईतेहरु हस्पिटल सम्म पुर्याउनु अघि नै सामान्य उपचार नपाएर आफ्नो ज्यान गुमाएका घटनाहरु रहेकाले यसलाई कम गर्न प्राथमिक उपचार पद्धतीका बिषयमा प्रशिक्षण चलाएको बताउनु भयो ।

ट्राफिक प्रहरीहरुकै जागरुपता र अग्रसरतामा अल्का अस्पतालले यो अघियानलाई निरन्तरता दिएको र आगामी दिनमा पनि सहयोग गर्नेमा उहाको जोड थियो ।

प्रशिक्षण कार्यक्रममा सहभागी उपत्यकाका ट्राफिक प्रहरीहरुलाई अल्का अस्पतालका चिकित्सकद्धय डा. शिवचन्द्र अमात्य र डा. धर्मगत भट्टाराईले घाईते तथा विरामीको अवस्था गम्भिर हुन नदिनका लागि अपनाइने पूर्व सावधानी तथा प्राथमिक उपचारका बारेमा जाकारी गराउनु भएको थियो ।

दुई भागमा बिभाजित कार्यक्रममा डा अमात्यले सवारी दुर्घटनामा परी घाईते भएकाहरुलाई कसरी उपचार गर्ने , उनीहरुको शरीरबाट बगीरहेको रगतलाई रोकथाम कसरी गर्ने ,स्वास प्रश्वासमा समस्या भएकालाई कसरी सहज गराउने भन्ने सिकाउनु भएको थियो ।

यस्तै उहाले दुर्घटनमा अंग भंगभएकालाई धेरै नचलाई घाउमा ईन्फेक्सन हुनबाट जोगाउनका लागी बढी ध्यान दिन आग्रह गर्नुभएको थियो ।

यसैगरी डा भट्टराईले भने गर्मिका कारण सडमा हिड्ने बढुवा तथा यात्रीहरु बेहोस भएकाहरुलाई कसरी उपचार गर्ने भन्ने बिषयमा प्रक्ष्शिक्षण दिनुभयो । उहालेगर्मीले बेहोस भएकाहरुलाई तीनवटा प्रश्न सोध्दा उत्तर प्राप्त भए चिसो पेय पदार्थ खुवाएर ,चिसोमा राखे आराम हुने नभए तत्काल हस्पीटल पुर्याउन आग्रह गर्नुभयो ।

उहाले थाईराई ,दिशा खुलाउने ,एलर्जी ,कफ सिरप , व्लण प्रेसर ,मानसिक रोगको औषधि खाईरहेकाहरु गर्मीका कारण बेहोस हुनसक्कने सम्भावना रहेको औल्याउनु भयो ।

यसअघि ,ललितपुरमा अस्का अस्पतालकै समन्वयमा टा«फिक प्रहरी ललितपुर प्रमुख (ईनिस्पेक्टर ) सिताराम हाछेथुको नेतृत्वमा सो क्षेत्रका ट्राफिक प्रहरीलाई प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षणमा उपस्थित हाछेथुले पहिलो चरणको प्रशिक्षणपछि अहिले ललितपुरमा कुनै घटना घटे ट्राफिक प्रहरीले तत्काल प्राथमिक उपचार गर्ने गरेपछि आफुहरुको परीचयनै बदलीएको बताउनु भयो ।

सो प्रशिक्षणपछि ललितपुरमा चार वटा दुर्घटनामा भएकोमा ती घाईतेलाई तत्काल प्राथमिक उपचार दिदा उनीहरुले ट्राफिकले त लाईसेन्स मागेर कार्वाहि मात्र गर्छ भनेको उपचार गरेर पनि सहयोग गर्ने राम्रो अभियान सन्चालन गर्नुभएछ भनेर धन्यावाद दिने गरेको सुनाउनु भयो ।

ललितपुर जावलाखेलमा रहेको अल्का अस्पताले सो क्षेत्रका ट्राफिक प्रहरीको निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी