ग्वन्जालोले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने

ग्वन्जालोले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

चिलीका ग्वन्जालो जाराले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने भएका छन् ।

दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबोल)ले जारालाई उरुग्वेका एडिसन काभानिलाई खेलको क्रममा जिस्क्याएको आरोपमा तीन खेलको प्रतिबन्ध लागाएको हो ।

जाराले खेलको अनुसाशन भन्दा बाहिरको व्यवहार देखाएकाले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाइएको कोनमेबोलले जनाएको छ ।

जाराले सात हजार पाँच सय अमेरिकी डलर जरिवाना पनि तिर्नुपर्ने छ । गएको बिहीबार भएको क्वाटरफाइनलको क्रममा जारा र काभानीबीच मैदानमै झगडा भएको थियो ।

जाराले जिस्क्याएपछि काभानीले उनलाई हिर्काएका थिए । त्यसपछि काभानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । जारालाई हिर्काउने काभानीलाई भने कुनै किसिमको कारबाही गरिएको छैन ।

तीन खेलको प्रतिबन्धपछि अब जाराले सोमबार हुने पेरु विरुद्धको सेमिफाइनल खेल खेल्न पाउने छैनन् । यसअघि ब्राजिलका स्टार स्टाइकर नेइमारमाथि पनि चार खेलको प्रतिबन्ध लागेपछि उनले कोपा अमेरिकाका खेल गुमाएका थिए ।

नेइमार बिना मैदान उत्रिएको ब्राजिल क्वाटरफाइनलमा पाराग्वेसँग पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी