लगातारको पहिरोका कारण खासा क्षेत्रमा रोकिएका कन्टेनर ल्याउन कठिनाई

लगातारको पहिरोका कारण खासा क्षेत्रमा रोकिएका कन्टेनर ल्याउन कठिनाई

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १४ असार ।

चीनले सहमति दिएपछि सीमा क्षेत्रमा पहिरो नथामिए पछि खासा क्षेत्रमा रोकिएका कन्टेनर ल्याउन थप कठिनाई उत्पन्न भएको छ ।

भूकम्पले चिरा परेको डाँडा धमाधम बग्न थालेपछि बाह्रविसे(तातोपानी खण्डको २६ किमी सडकमा डेढ यातायातसञ्चालन हुन सकेको छैन ।

चिनियाँ र नेपालीबीच शनिबार मितेरी पुल बजारमा भएको वार्तामा कन्टेनर तत्काल छाड्ने सहमति भएको थियो । वैठकमा नेपालको तर्फबाट ल्हासाका लागि वाणिज्य दूत हरिप्रसाद बस्यालले नेतृत्व गरेको टोलीले कनटेनर छाड्ने प्रत्रिया मिलाउन चिनियाँ टोलीलाई आग्रह गरेको थियो ।

तातोपानी भन्सार, अध्यागमन र नेपालहिमालय सीमापार वाणिज्य संघका पदाधिकारीको टोलीले वैठकमा सहभागी थियो । चाकूदेखि मितेरी पुलसम्म सडकको अवस्था अत्यन्त नाजुक भएपछि कन्टेनर छाड्ने प्रक्रिया सुरु हुन सकेको छैन ।

बैठकमा सहभागी बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार खासा क्षेत्रमा पहिराले पाँच वटा कन्टेनर आंशिक र एउटा पूर्ण रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ ।

सडक डिभिजन कार्यायलका अनुसार सडकमा ठूला चट्टान थुप्रेकाले पन्छाउन कठिन भैरहेको छ ।सव इन्जिनियर श्रवणकुमार मण्डलका अनुसार सातादेखि लागातार मेशिन लगाईरहेपनि सडक सुचारु गर्न सकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी