महिला विश्वकप फुटबलको सेमिफाइनलमा जापान र ईंग्ल्याण्ड

महिला विश्वकप फुटबलको सेमिफाइनलमा जापान र ईंग्ल्याण्ड

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी,१३ असार ।

साविक विजेता जापानसागै इग्ल्याण्ड महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत विहान भएको खेलमा जापानले अष्ट्रेलियालाई १–० ले पराजित गर्यो । प्रतिष्पर्धात्मक भएको खेलमा जापानका लागि खेल सकिन ३ मिनेट बााकी छादा वाबुचीले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच जापनकी उसुजी घोषित भइन् । जापानले अब फाइनल प्रवेशका लागि बुधबार ईंग्ल्याण्डको  सामना गर्नेछ । यसैगरी आइतबार विहानै भएको खेलमा आयोजक राष्ट्र क्यानडालाई २–१ ले पराजित गर्दै ईंग्ल्याण्डले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

खेल सुरु भएको १४ मिनेटमानै २–० को अग्रता लिएको इग्ल्याण्डले त्यसपछि भने केहि कमजोर खेल प्रदर्शन गरेको थियो । पहिलो हाफको ११ औं मिनेटमा टेलरले गोल गर्दै इङलिस टोलीलाई अग्रता दिलाइन, पहिलो गोलको ३ मिनेट बित्न नपाउादै ब्रोन्जले इग्ल्याण्डको अग्रता दोब्बर पारिन् ।

पहिलो हाफको ४२ औं मिनेटमा क्यानडाकी  सिन्क्लेयरले गोल गर्दै  इग्ल्याण्डसागको गोल दूरी केही कम गरेपनि त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल ईंग्लाण्डले जित्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी