कोपा अमेरिका फुटबलमा ब्राजिल क्वारफाइनलबाटै बाहिरियो

कोपा अमेरिका फुटबलमा ब्राजिल क्वारफाइनलबाटै बाहिरियो

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १३ असार ।

चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिल क्वारफाइनलबाटै बाहिरिएको छ । आज बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो ।

जितसंगै टाइब्रेकरमा पराग्वेले खेल ४–३ ले आफ्नो पक्षमा पारेको छ । नकै प्रतिस्पर्धात्मक भएको आजको खेलमा निर्धारीत र थपिएको समयमा समेत खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो ।

पहिलो हाफको १५ औ मिनेटमा रोविन्होलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाए पनि जीतका लागि त्यो प्रयाप्त हुन सकेन । दोश्रो हाफको २६ औं मिनेटमा पराग्वेले पेनाल्टीको अवसर प्राप्त गरेपछि पराग्वेका लागि डेरलिस गोन्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकर तर्फ होे । फाइनल प्रवेशका लागि पराग्वे र अर्जेन्न्टिनाबिच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी