पुलिसको फुटबल टीमलाई टेलिकमले प्रयोजन गर्ने

पुलिसको फुटबल टीमलाई टेलिकमले प्रयोजन गर्ने

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ, ११ असार ।

नेपाल पुलिसको पुरुष तथा महिला फुटबल टीमलाई नेपाल टेलिकमले प्रयोजन गर्ने भएको छ ।

एक वर्षे प्रायोजन सम्वन्धी सम्झौतामा नेपाल प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले हस्ताक्षर गरेका छन् ।

टेलिकमले नेपाल प्रहरीको पुरुष फुटबल टिमलाई २०६८ सालदेखि र महिला फुटबल टिमलाई २०७० सालदेखि प्रायोजन गर्दै आएको छ । साथै नेपाल टेलिकम यो वर्षबाट नेपाली क्रिकेटको पहिला र पुरुष टीमको समेत प्रमुख प्रयोजक बनेको छ ।

सम्झौता अनुसार नेपाल टेलिकम २०७१ पुस १५ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक रहने छ ।

प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष फुटबल टिमलाई १६ लाख र महिला फुटबल टिमलाई ६ लाख गरी जम्मा २२ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

टेलिकमको केन्द्रीय कार्यालयमा शुक्रबरा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले प्रहरी महानिरीक्षक अर्याललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।

प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले प्रायोजनबापत आउने सम्पूर्ण रकम खेलको विकास र खेलाडीको सुविधामा खर्चिने जानकारी गराएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी