न्युजिल्याण्ड विरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा इङ्ल्याण्ड ५६ रनले विजयी

न्युजिल्याण्ड विरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा इङ्ल्याण्ड ५६ रनले विजयी

  • बुधबार, असार ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ९ असार । न्युजिल्याण्ड विरुद्धको एकमात्र ट्वेन्टी ट्वेन्टी क्रिकेटमा इङ्ल्यान्ड ५६ रनले विजयी भएको छ । म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न खेलमा घरेलु टोली इङ्ल्यान्डले न्यजिल्याण्डलाई  ५६ रनले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । इङ्ल्यान्डका लागि जो रुटले ६८ रन जोडे । जवाफमा १ सय ९२ रनको लक्ष्य पछ्याउदै मैदान उत्रिएको न्यूजिल्याण्ड सत्रौं ओभरमा १ सय ३५ रनमै समेटियो ।

न्युजिल्याण्डका सुरुवाती व्याट्सम्यान ब्रेण्डन म्याक्कुलमले १५ बलमा ३५ रन जोडेपछि कुनै समय पाहुना टोलीले ८ ओभरमा २ विकेट गुमाएर ८२ रन जोडेको थियो । तर त्यसपछि सुरु भएको विकेट पतनको श्रृंखला रोकिएन ।

केन विलियाम्सनले ५७ रन जोडेपनि न्युजिल्याण्ड १ सय ३५ रनमै समेटियो । न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा इङ्ल्यान्डका डेभिड विले र मार्क उडले ३ ३ विकेट लिए ।

यसअघि न्युजिल्याण्ड विरुद्धको ५ खेलको एक दिवसीय शृङ्खला ३-२ ले जितेको इङ्ल्यान्डले एक मात्र ट्वेन्टी ट्वेन्टी खेल पनि जित्दै अष्ट्रेलिया विरुद्धको एसेस शृङ्खलाका लागि गतिलो तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी