एजेन्सी ९ असार
भारत र बंलादेशबीचको तीन एक दिवसीय श्रींखलाको तेस्रो तथा अन्तिम खेल आज हुदैछ । खेल नेपाली समय अनुसार दिउासो पौने ३ बजे बंगलादेशको राजधानी ढाकामा हुनेछ ।
यसअघिका दुवै खेल गुमाएको भारत आज सान्त्वना जितको खोजिमा हुनेछ । तीन एक दिवसीयको श्रींखला बंलादेशले २–० ले आफ्नो पक्षमा पारिसकेको छ । भारत तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै श्रींखला क्लिन स्वीप हुनबाट जोगाउने रणनीतिका साथ मैदान उत्रिदैछ ।
बंगलादेश भने तेस्रो खेल पनि आफ्नो पोल्टमा पार्ने दाउमा हुनेछ । पहिलो एक दिवसीयमा ७९ रनले पराजित भएको भारतले दोस्रो खेलमा पनि ६ विकेटको हार बेहोरेको थियो । यसअघि भएको एक मात्र टेस्ट म्याचमा पनि भारत पराजित भएको थियो ।
दोस्रो एक दिवसीयमा पनि पराजित भएपछि भारतीय टिमको आलोचना भएको थियो । दोस्रो म्याचमा पराजित भएपछि भारतीय एक दिवसीय टिमका कप्तान महेन्ऽसिंह धोनीले टिमको प्रदर्शनमा सुधार हुन्छ भने आफू कप्तानी छोड्न तयार रहेको बताएका थिए ।