काठमाण्डौ,८ असार ।
रुकुममा मिनि ट्रक दुर्घटना हुँदा ११ वर्षीय मिलन परियारको मृत्यु भएको छ । रुकुमकोटबाट खलंगा तर्फ आउँदै गरेको रा १ क १६९ नम्बरको ट्रक मुसिकोट नगरपालिका १० साँखमा दुर्घटना हुँदा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्रक चालकको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । मृतक बालकको ठेगाना भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
काठ लिएर खलंगा आइरहेको ट्रक मध्य पहाडि लोकमार्ग अन्तरगत साँखको उताल्ने भन्ने स्थानमा सडकबाट करिब ४४ फिट तल खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline