एजेनसी ८ असार । महिला विश्वकप फुटबल अन्तरगत भएको पछिल्ला खेलमा विजयी हुदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान बनाएको हो ।
खेलको ५४ औं मिनेटमा सोल्भेइ गोब्रान्सेनको गोल मार्फत नर्वेले सुरुवाती अग्रता लिएपनि त्यसलाई कायम राख्न भने सकेन ।
त्यसको सात मिनेटपछि इंग्ल्याण्डकी स्टेफ होटनले बराबरी गोल गरिन् र ७६ औं मिनेटमा ब्रन्जले गोल गरेपछि इंग्ल्याण्ड २–१ ले विजयी भयो ।
इंग्ल्याण्डले अब आगामी आइतबार हुने क्वाटरफाइनलमा आयोजक राष्ट्र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानडा हिजो बेलुका भएको खेलमा स्वीजरल्याण्डलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline