बंगलादेशले भारत विरुद्धको तीन एक दिवसीय क्रिकेट श्रृखला कब्जा गरेको छ ।
गएराति सम्पन्न दोस्रो एकदिवसीय खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको हो । जितसागै बंगलादेशले तीन एक दिवसीयमा २–० को अग्रता लिएसगै श्रृखला हात पारेको हो ।
शेर ए बंग्ला स्टेडियम मिरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो । खेल वर्षाले प्रभावित भएपछि बंगलादेशले डकवर्थ लुइस नियमका आधारमा दुई सय रनको लक्ष्य पाएको थियो ।
बंगलादेशका लागि शकिब अल हसनले नटआउट ५१, लिट्टन दासले ३६, सौम्य सरकारले ३४ तथा कप्तान मुश्फिकर रहिमले ३१ रन बनाए । भारतका धवल कुलकर्णी, रविचन्ऽन आश्विन र अक्षर पटेलले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४५ ओभरमा १० विकेट गुमाउादै मात्रै दुई रन बनाएको थियो । भारतका लागि शिखर धवनले ५३, कप्तान महेन्ऽसिंह धोनीले ४७, सुरेश रैनाले ३४ तथा विराट कोहलीले २३ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन ।
भारतलाई दुई सय रनमै समेट्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले मात्रै ४३ रन खर्चेर ६ विकेट लिए ।
यस्तै नासिर हुसेन र रुवेल हुसेनले समान दुई–दुई विकेट लिए । भारत पहिलो एक दिवसीयमा बंगलादेशसाग ७९ रनले पराजित भएको थियो ।
तेस्रो तथा अन्तिम एक दिवसीय खेल आगामी बुधबार हुनेछ ।
दुई देशबीचको टेष्ट खेल भने यस अघि बराबरीमा रोकिएको थियो ।