कोपा अमेरीका फुटवल प्रतियोगीता २०१५ को क्वाटर फाईनल समीकरण पुरा भएको छ । जस अनुसार जुन २५ बाट हुने क्वाटर फाईनलमा चिली र उरुग्वे, बोलिभिया र पेरु , अर्जेन्टिना र कोलम्बिया तथा ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुने छ ।
आज बिहान सम्पन्न समुह चरणको खेलमा ब्राजिलले भेनेजुएलालाई २–१ ले हराएर क्वाटर फाईनल प्रवेश गऱ्यो ।
स्टार खेलाडी नेयमारमाथि ४ खेलको प्रतिवन्ध पछि मैदानमा उत्रिएको ब्राजिलका लागि थिएगो सिल्भा र रोबर्टो फिरमिनो ले गोल गरेका थिए ।
ब्राजिलका लागि सिल्भाले ९ औ मिनेटमै आकर्षक गोल गरेका थिए भने ५१ औं मिनेटमा फिरमिनोले ५१ औ मिनेटमा गोल गरेका थिए ।
भनेजुएलाका लागि एक मात्र शान्त्वना गोल ८४ औं मिनेटमा फेडर प्लोरेसले गरेका थिए ।
यसै गरी आजै बिहान सम्पन्न खेलमा गोल रहित बराबरी खेले पनि कोलम्बिया र पेरु क्वाटर फाईनल पुगेका छन् ।
मेक्सिको सहित केही प्रभावशाली देशहरु यस पटक क्वाटर फाईनल पुग्न असफल रहेका छन् ।