पोखरा, ५ असार ।
राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ ।
गत वैशाख १२ को विनाशकारी भूकम्प पछि प्रतियोगिता काठमाडौंमा सन्चालन गर्न असम्भव रहेको भन्दै पहिलोपटक मोफसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापनमा पोखरा रंगशालामा हुने प्रतियोगितामा ५ विकास क्षेत्रका ३ सय ६० जना खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्दैछन् । यस्तै प्रतियोगितामा ४० जना प्रशिक्षक र अफिसियल रहनेछन् ।
प्रतियोगितामा ७६ स्वर्ण, ७६ रजत र ७६ काश्यपदक सहित कुल २ सय २८ पदकका लागि प्रतिष्पर्धा हुने समितिका सचिव प्रकाशचन्द्र घिमिरेले जानकारी दिएका छन् । प्रतियोगिता आगामी असार ७ गतेसम्म सन्चालन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline