महेन्द्रनगर, ४ असार ।
भुकम्प पिडितको सहयोगार्थ महेन्द्रनगरमा जारी युथ कप डे नाईट टी ट्वाटी क्रिकेट प्रतियोगिताको उपाधीका लागि आज आयोजक युथ कलव र गुरुकुल क्लब भिड्दैछन् ।
खेल हिमालयन क्रिकेट एकेडेमीको मैदानमा साझ ६ वजे हुनेछ । युथ क्लवले सेमिफाईनलमा भुवनेश्वरी विद्या मन्दिरलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने गुड लक क्रिकेट क्लवलाई पाखा लगाउदै गुरुकुलले फाईनलको यात्रा तय गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० नगद सहित प्रमाणपत्र र ट्रफी तथा द्धितिया हुने टोलीले २० हजार नगद सहित प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछ ।
प्रतियागितावाट उठेको रकम भुकम्प पिडितलाई प्रदान गरिने तथा कञ्चनपुरमा क्रिकेटको विकास गर्नका साथै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजक जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

