कठमाडौं, २ जेठ ।
कृतिपुरस्थित मच्छेगाउमा रहेको मत्स्यनारायणको मन्दिरमा आजदेखि एक महिनासम्म मेला लाग्दैछ ।
मन्दिरमा माछाको मुखबाट निस्किएको भनि विश्वास गरिएको मुर्ति रहेकोले यिनलाइ मत्स्यनारायण भनिएको किंवदन्ती छ ।
मन्दिर वरिपरि गरुडको मर्ति र नजिकै मत्स्य कुण्ड, ज्ञान कुण्ड र सुर्वण धारा गरि तीन कुण्ड रहेको छन । मण्को दक्षिणपट्टि चौधओटा धारा रहेकाले मेला भर्न आउने श्रद्धालु भक्तजनहरले त्यहि कुण्ड र धारमा स्नान गर्ने गर्दछन ।
यसैबिच संस्कृतविद हरिराम जोशीका अनुसार ६२ चन्द्रमास लगभग ६० सुर्यमास बराबर हुने र प्रत्येक ३० मासपछि एक अधिक मास जाडिने भएकाले यहि अधिक मासलाई मलमास भनिने गरेको हो ।
यस महिनाभर नारायणको पूजा, पाठ ब्रत उपासना गर्ने गरिन्छ । यो महिनालाई पुरुषोत्तम महिना समेत भनिने हुनाले मेवार समुदायमा भने अनःला भन्ने गरिन्छ ।
नेपाल पञ्चांक निर्णयक समितिका सदस्य दैवज्ञ कृतिमदन जोशीका अनुसार यो महिना अशुद्ध भएकोले यसलाइ मलमास भनेको र यस महिनाको कुनै देवता अधिपति नहुने भएकोले भगवान नारायणले अधिपत्य लिएको बताइएको छ ।