गएराति सम्पन्न महिला विश्वकप फुटबलमा नर्वे र जमर्नी विजयी

गएराति सम्पन्न महिला विश्वकप फुटबलमा नर्वे र जमर्नी विजयी

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, १ असार ।

महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गतका पछिल्ला खेलहरुमा नर्वे र जमर्नी विजयी भएका छन् ।

गएराति सम्पन्न प्रतियोगितामा नर्वेले आइभरिकोष्टलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नर्वेका लागि हेवरवर्गले खेलको ६ र ६२ औं मिनेटमा गोल गरिन् ।

यस्तै खेलको ६७ औं मिनेटमा गुल्वर्डसनले थप एक गोल गरिन् । आइभरिकोष्टकी एङगेले ७१ औं मिनेटमा एकमात्र सान्त्वना गोल गरिन् ।

जितसँगै समुह बि मा रहेको नर्वे ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । तीनै खेलमा पराजित भएको आइभरीकोष्ट भने अंक बिहिन रहदै तालिकाको पुछारमा छ ।

यस्तै गएराती नै सम्पन्न खेलमा एसियाली राष्ट्र थाइल्याण्डलाई ४–० ले पराजित गदै जर्मनीले जीत हात पारेको छ । जर्मनीका लागि पिटरमानले ५६ र ५८ मिनेटमा गोल गरिन् ।

यस्तै लेउपोल्ज र डावरिजले थप एक  एक गोल गर्दै जर्मनीलाई ४–० जीत दिलाइकी हुन् ।  तीनमध्ये २ खेलमा जित र १ मा बराबरी खेल्दै ७ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ भने थाइल्याण्ड ३ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ