नेपालमा विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुबाट रकम लिएर चलिरहेको एउटा गैर सरकारी संस्था नेपाली प्राविधिक सहयोग समुह (NTAG ) का अध्यक्ष सुन्दरमान श्रेष्ठ सहितका केही बोर्ड सदस्यहरुले मिर्मिरे अनलाईन डट कमका लागि रिपोर्टीङमा पुगेका पत्रकार सिर्जना तिम्सिना र वालकृष्ण भट्टमाथि दुरव्यवहार गरेका छन् ।
सो घटनाप्रति नेपाल पत्रकार महासंघ ललितुर शाखाले घोर भत्र्सना गरेको छ ।
पत्रकार महासंघका ललितपुर अध्यक्ष लेखनाथ न्यौपानेले एक विज्ञप्ति जारी गर्दै सूचना दिन अटेर गरी पत्रकारको परिचय पत्र नै फालिदिने र सुचना दिन आनाकानी गरेको घटनाले गंभीर बनाएको भन्दै आवस्यक कार्बाही गर्न सरकारसग‘ माग गर्नु भएको छ ।

“नेपाल पत्रकार महासंघ ललितपुर शाखा उक्त घटनाको घोर भत्सना गर्दछ । सार्वजनिक महत्वका चासोको बिषयमा जान्न पाउने अधिकार हरेक नागरिकसंग छ । त्यसमा पनि पत्रकारले सहि सुचना लिने र नागरिक सुसुचित गराउने अधिकार राख्दछ । महासंघ ललितपुर शाखाका कार्यसमिति सदस्य सिर्जना तिम्सिना र वालकृष्ण भट्टमाथि भएको दुरव्यवहारको कडा शब्दमा निन्दा गर्दै घटनाको छानबिन गरी दोषीमाथी कार्वाही गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान हुने बाताबरण बनाउन सरकारसंग माग गर्दछ । ” अध्यक्ष न्यौपानेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसै गरी नेपाल पत्रकार महासंघ मिर्मिरे प्रतिष्ठानका उपाध्यक्ष राजाराम बोहराले एक विज्ञप्ति जारी गरी सूचना लिन बोलाएर परिचय पत्र नै फाल्ने जस्तो घोर दुरव्यवहार गरेको घटनाप्रति गंभीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
गलत व्यवहार गर्ने सुन्दरमान श्रेष्ठ सहितकालाई कार्बाही गर्न माग गर्दै सुचना लुकाउने जो सुकै विरुद्ध आन्दोलन गर्ने विज्ञप्तिमा चेतावनी दिईएको छ ।
नेपाली प्राविधिक सहयोग समुह ( एनट्याग ) माईतीघर मा भएको गतिविधिबारे प्राप्त सूचनाहरुको भेरीफाई गर्ने हिशाबले टेलिफोनमा कुराकानी भए बमोजिम रिपोर्टीङ गर्न पुगेका नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला का कार्यसमिति सदस्य तथा रेडियो मिर्मिरेको समाचार सम्पादक तथा मिर्मिरेअनलाईन डट कमका कार्यकारी निर्देशक सिर्जना तिम्सिना तथा पत्रकार वालकृष्ण भट्टमाथि दुरव्यवहार भएको थियो ।
एनट्यागमा सोमबार १० बजे कार्यक्रम म्यानेजर दिपक थापाले बोलाएको र त्यस क्रममा त्याहा पुग्दा एनट्याग बोर्डका अध्यक्ष सुन्दरमान श्रेष्ठले परिचय पत्र मागेर फ्याकि दिनुका साथै गालीगलौज र अभद्र व्यवहारको प्रयास गरेका थिए ।
यस संस्थाले श्वास्थ्यकर्मीलाई तालिम , प्रचार प्रसार आदि नाममा व्यापक अनियमितता गरेको गोप्य सूचना प्राप्त भए पछि मिर्मिरे अनलाईनले अनुसन्धनात्मक रिपोर्टीङ गरीरहेको छ । यस सम्बन्धि विस्तृत अनुसन्धानात्मक विवरण छिट्टै प्रकाशित गरिने छ ।