काठमाडौं, जेठ ३२ ।
उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । चिलीमा जारी प्रतियोगिता अन्तर्गतको पछिल्लो खेलमा ब्राजिलले पेरुलाई २/१ ले हराएको हो ।
खेलको तेस्रो मिनेटमै पेरुका क्रिश्चियन क्युभाले गोल गर्दै टोलीलाई अग्रता दिए । यसको दुई मिनेटपछि ब्राजिलका नेईमारले गोल फर्काउदै खेल बराबरीमा पुरयाएका थिए । खेलको अन्तिम मिनेटमा ब्राजिलका डग्लस कोष्टाले एक गोल थप्दै टोलीलाई २÷१ को जित दिलाएका हुन् ।
प्रतियोगिता अन्तरगत समुह सि कै अर्को खेलमा भेनेजुएलाले कोलम्बियालाई १÷० ले पराजित गरेको छ । खेलमा भेनेजुएलालाई विजयी गराउन जोजे सालोमनले ६० औं मिनेटमा निर्णायक गोल गरे ।
१२ टोलीको सहभागीता रहेको कोपा अमेरीका फुटबल अन्तर्गत आज राती हुने खेलहरुमा ईक्वेडर र बोलिभिया तथा चिली र मेक्सिको भिड्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline