वाट्ऐपमा नाङगो फोटो भायरल भए पछि मिस जिम्वावे एमीली टटांगा कचोटेको ताज खोसिएको छ । एमीलीले भने यो मिस जिम्वावेको प्रतियोगीता भन्दा अघि नै को काण्ड भएको भन्दै यस सग‘ आफ्नो सम्बन्ध नरहेको बताएकी छन् ।
पहिला एक रात आफ्ना पूर्व व्याईफ्रेन्डसग‘ ड्रिग्स गरेर रात विताउदा आफूलाई नियन्त्रणमा राख्न नसकेको र त्यसको फाईदा उठाएर पूर्व व्वाईफ्रेन्डले फोटो खिचेर भाईरल बनाएको २५ वर्षे एमीलीको तर्क छ ।
जे भए पनि एमीलीको ताज खोसेर फष्ट रनर अप एनी ग्रेस मुताम्वुलाई दिईएको छ । उनले अब यसै वर्ष चीनमा हुने विश्व सुन्दरी प्रतियोगीतामा भाग लिने छिन् ।
मिस जिम्वावे ट्रष्टले एक वक्तव्य जारी गर्दै एमीलीले सम्झौता उलंघन गरेकोले कार्बाही गरिएको बताएको छ ।
उनलाई पहिला नै नाङगो तस्वीर खिचेको छ कि छैन ? भनेर सोधिएको र भविष्यमा पनि नखिच्ने शर्तमा प्रतियोगीतामा सहभागी गराईने शर्त रहेको र त्यो उलंघन भएको हुदा कार्बाही गर्नु परेको ट्रष्टको दावी छ ।
