ताप्लेजुङ, जेठ ३० गते ।
ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रमा शनिबार बिहानैबाट राहत पठाउन सुरु गरिएको छ । मौसममा सुधार आएसागै पहिरो गएको तीन दिनपछि जिल्ला दैवीप्रकोप उद्धार समिति ताप्लेजुङको समन्वयनमा काठमाडौाबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोग्रस्त क्षेत्रमा खाद्यान्न, औषधि लगायतका राहत सामग्री पठाउन सुरु गरिएको हो ।
पहिरो प्रभावित क्षेत्र जिल्लाको लिबाङ, खोक्लिङ, थिङलाबु लगायत पााच गाविसमा राहत सामग्री पठाइएको र पीडितलाई वितरण गर्न सुरु गरिएको पनि जिल्ला दैवीप्रकोप उद्दार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो । प्रजिअ निरौलाले पीडित परिवारलाई तत्कालका लागि एक थान पाल, चामल, नुनतेल लगायतका खाद्यान्न सामग्री र औषधी वितरण गरिएको बताउनु भयो ।
पहिरोबाट प्रभावित बनेका परिवारहरु हाल विद्यालयको चउर र अन्य सुरक्षित स्थानमा खुल्ला आकाशमुनि बस्दै आएका छन् । यता शनिबार दिनैभरी प्रभावित परिवारलाई राहत वितरण र घाइतेको उद्दारको कार्य गरिने प्रजिअ निरौलाले जानकारी दिनुभयो । पहिरोमा परी हालसम्म ३५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । स्थानीयले भने ५६ जनाको मृत्यु भइसकेको र पााच जना जति बेपत्ता रहेका जनाएका छन् ।
यसैबीच जिल्लाको पश्चिमी क्षेत्रमा ठूलो जनधनको क्षति हुनेगरी पहिरो गएको तीन दिन नबित्दै शुक्रबार राति पूर्वी क्षेका विभिन्न गाविसमा पहिरोले क्षति पुर्याएको छ । स्थानीबासीका अनुसार पूर्व क्षेत्रका खेबाङ, सुरुम्खिम, पेदाङ लगायत गाविसमा दर्जनौ घरहरु बगाएको छ ।
- पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत राहात सामग्री लानका लागि लोड गरिदै \ तस्बिर : चन्द्र पन्दाक
क्षतिको विवरण भने आउन बााकी नै रहेको छ । यस्तै निरन्तरको वर्षाका कारण मेची राजमार्गको ताप्लेजुङ नाङखोल्याङ सडक खण्डमा विभिन्न ठाउामा पहिरोले सडक अवरुद्ध हुादा यातायात बन्द भएको छ । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामबाट लोडर लगायतका सामग्रीसहितको प्राविधिक टोली त्यसतर्फ पठाइएको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख शिवलाल दाहालले बताउनु भयो ।
पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत राहात सामग्री लानका लागि लोड गरिदै।
तस्बिर : चन्द्र पन्दाक

