ऊर्जामन्त्री ज्ञवालीको कोसी कोरिडर विवादास्पद प्रयास विफल

ऊर्जामन्त्री ज्ञवालीको कोसी कोरिडर विवादास्पद प्रयास विफल

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ, ३० जेठ ।

देशकै ठूला आयोजनामध्ये एक कोसी कोरिडर २२० केभी प्रसारण लाइनको ठेक्का आफूले भनेको कम्पनीलाई दिलाउन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले गरेका सबै प्रयत्‍न विफल भएका छन्।

प्राधिकरण सञ्चालक समितिले मन्त्रीको इच्छाअनुसार उक्त आयोजनाको ठेक्का सर्त (क्राइटेरिया) परिवर्तन नगरेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धा हुने भएको हो।

मन्त्री ज्ञवालीले बिहीबार राति १२ बजेसम्म प्राधिकरण सञ्चालक समितिमार्फत ठेक्का सर्त बदल्न गरेको प्रयास सञ्चालकहरू विभाजित भएपछि असफल भएको हो।

मन्त्री ज्ञवालीले कोसी कोरिडर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी ज्यागबार बीएस जेभीलाई दिलाउन उक्त कम्पनीको ‘कुल सम्पत्ति (नेटवर्थ) र नगद प्रवाह ऋणात्मक भए पनि ठेक्कामा सहभागी हुन पाउने’ सर्त थप गराउन एक सातादेखि निरन्तर सञ्चालक समिति बैठक बोलाउँदै आएकी थिइन्।

प्राधिकरणका सञ्चालकहरू लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्रा र कार्यकारी निर्देशक मुकेशराज काफ्ले कुनै पनि हालतमा ठेक्का सर्त परिवर्तन गर्न नहुने अडानमा थिए।

जसरी पनि सर्त बदल्ने प्रस्ताव पारित गर्ने पक्षमा प्राधिकरण अध्यक्ष एवं ऊर्जामन्त्री ज्ञवाली, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र सञ्चालक समितिका सदस्य सन्तोषनारायण श्रेष्ठ रहेको स्रोतले बतायो। मन्त्री ज्ञवालीले नै नियुक्त गरेकी सञ्चालक सुरज लामिछाने तटस्थ बसे। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी