विश्वमा अहिले झण्डै ८० प्रतिशत मानिसहरु कम्मरको कुनै न कुनै दुखाई पीडाबाट समस्यामा परेका छन् । बेलायती पत्रिका डेली मेलमा प्रकाशित एक रिपोर्ट अनुसार ढाड कम्मर दुखाई बढ्ना साथ धेरै मानिसहरु पेनकिलर खाने गर्दछन् ।
हालै प्रकाशित एक अनुसन्धान अनुसार दुखाईमा सिटामोल खानाले पनि यसले सकारात्मक भन्दा ४ गुणा बढी नकारात्मक असर कलेजोमा गर्दछ ।
त्यसो हो भने अब विना असर तत्कालै कम्मर दुखेको निको कसरी पार्ने त ? यो उपचार भन्दा पहिला तपाईको ढाड, कम्मर किन दुख्छ भनेर जान्नु आवस्यक छ ।
मांसपेसीमा दवाव बढे पछि खास गरी भारी उठाउदै गर्दा वा खेल्दा बढी दुख्ने गर्दछ । यसले गर्दा दाया बाया मोडीन या मासुमा दुखेको अनुभव हुन्छ । यस्तोमा तपाई आईस प्याक या चिसो पानी दुखेको ठाउमा राख्नुहोस् र त्यस पछि मासु केही कसिलो भयो भने फेरी तातोपानी राखेर मासु खुलाउने र फेरी आईसप्याक राख्ने गर्नुहोस् । यसले तपाईलाई आराम दिन्छ ।
अर्को कुरा ढाडको हड्डीमा डिस्क कम हुदै गए पछि ढाड कम्मर दुख्न थाल्दछ । यसको खास कारण के हो भनेर तपाईले चिकित्सकसग‘ राम्रो परामर्श र जॉच गर्नु पर्दछ । यस्तो अवस्थामा तपाईले बढी आराम गर्नु पर्छ । साथै पेटको मासु बलियो बनाउन शारीरीक अभ्यास पनि गर्नु पर्छ । पेटको मासु दह्रो हु‘दा पनि ढाड कम्मरको समस्या कम हुन सक्छ ।
साथै काम गर्दा या हिड्डुल गर्दा पिठ्युमा पनि दुख्ने समस्या हुन्छ । यसमा हामीले कुनै एक अंगलाई मात्रै प्रेसर बढी हुने गरी काम गर्नु हुदैन । उठ्दा बस्दा शरीरलाई सन्तुलनमा कायम राख्नु पर्छ ।
अर्को कुरा तपाई अफीसमा बस्दा दिनभरी कुर्सीमा बसिरहनु हुन्छ भने पनि कम्मर दुख्न सक्छ । यस्तो बेलामा तपाई कुर्सीमा बस्दा पैतालालाई भुईमा राख्नुहोस् , ढाड सिधा पारेर बस्नुहोस् । त्यसले कम्मर दुखाई कम हुन्छ ।
यसै गरी खाना खाजा खाने समयमा सामान्य आराम गर्ने , ढल्किनु पनि राम्रो हुन्छ ।
