एन्फा कार्यबाहक अध्यक्ष श्रेष्ठको करेन्ट लागेर निधन

एन्फा कार्यबाहक अध्यक्ष श्रेष्ठको करेन्ट लागेर निधन

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, ३० जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ ।

ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा शुक्रबार मात्रै सरेका श्रेष्ठलाई करेन्ट लागेपछि उपचारका क्रममा अल्का अस्पतालमा निधन भएको हो।

व्यवस्थापिका संसद्को लेखा समितिले केही महिनाअघि एन्फामा भएको अनियमितताको छानविन गर्न गणेश थापालाई पद स्थगनको निर्देशन दिएपछि श्रेष्ठ एन्फाको कार्यबाहक अध्यक्ष बनेका थिए ।

त्यसअघि उनी एन्फाका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए। थ्री स्टार क्लबका समेत अध्यक्ष रहेका श्रेष्ठ पुराना फुटबल खेलाडी हुन् । लेखा समितिले दोषी ठहर गरे पनि थापाको मुद्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको थियो।

२०४३ सालदेखि थ्रीस्टारमा आवद्ध श्रेष्ठ तीन पटक यसका अध्यक्ष चुनिएका थिए। श्रेष्ठका पत्नी निलु श्रेष्ठ, एक छोरा र एक छोरी छन्।

श्रेष्ठको शव अहिले अल्का अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अहिले ९ बजेदेखि ११ बजेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिने भएको छ।

श्रेष्ठको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको थ्रीस्टारका महासचिव संजिव सिल्पकारले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी