काठमाडौ २८ जेठ
कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुन एक दिन बााकी छादा भएको मैत्रीपूर्ण फुटबल खेलमा अमेरिकाले विश्वविजेता जर्मनीलाई पराजित गरेको छ । गएराती भएको खेलमा अमेरिकाले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १४ औं मिनेटमा अग्रता लिएपनि जर्मनीले अग्रता जोगाउन नसक्दा पराजित भयो । १४ औं मिनेटमा जर्मनीका मारियो गोटेजले अग्रता दिलाएका थिए । तर पहिलो हाफको ४१ औं मिनेटमा अमेरिकाका मिक्स डिस्क्रुउडले गोल गर्दै खेल बराबरीमा पुरयाए ।
खेल सकिन ३ मिनेट बााकी छदा अमेरिकाका बबी उडले गोल गरेपछि अमेरिका २–१ ले विजयी भयो । यस्तै गएराति नै भएको खेलमा स्वीजरल्याण्डले लेस्चन्टियालाई ३–० ले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline