तिलोत्तमा गोल्डकप उपाधिका लागि आज आर्मी र रुपन्देही ११ भिड्दै

तिलोत्तमा गोल्डकप उपाधिका लागि आज आर्मी र रुपन्देही ११ भिड्दै

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौ,२५ जेठ ।
बुटवलमा जारी १८ औं तिलोेत्तमा गोल्डकप फुटबलको उपाधिका लागि आज विभागीय टोली त्रिभूवन आर्मी र आयोजक रुपनदेही ११ बीच प्रतिस्पर्धा हुदैछ ।  देवीनगर स्थित एन्फा टेक्निकल सेन्टर मा अपरान्न हुने खेल निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
आर्मी शक्ति र सन्तुलनलाई मिलाएर मैदान उत्रिने तयारीमा रहेको छ । करिब ३ महिना यता राष्ट्रिय लिगको तयारीमा बसेको र निरनतर अभ्यास गरेका खेलाडी भएकाले उत्कुष्ट प्रदर्शन गर्ने प्रशिक्षक मेघराज केसीले बताए । आर्मी अघिल्लो संस्करणको उपविजेता हो ।
उता घरेलु मैदानमा रुपन्देही ११ पनि उत्कृष्ट प्रदर्शन गर्ने तयारीसाथ मैदान उत्रिदैछ । पहिलो चरणमा भ्याली स्पोर्टस् क्लब पोखरालाई टाइब्ेकरमा ४–२ ले तथा सेमिफाइनलमा दर्जिलिङ ११ लाई ५–२ ले पराजित गर्दै रुपन्देहीले फाइनल पुगेको हो ।
यस्तै विभागिय टोली त्रिभूवन आर्मीले पहिलो चरणमा धरान एएफसी सुनसरीलाई ४–० तथा सेमिफाइनलमा झापा ११ लाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । गत जेठ १८ गते देखि सुरु भएको प्रतियोगितामा आठ वटा राष्ट्रिय टीम सामेल थिए ।
प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख ७५ हजार सहित गोल्डकप र उपविजेताले नगद रु २ लाख ५० हजार प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी