विश्व फुटबल महासंघ ( फिफा ) मा भ्रष्टाचारको अभियोगमा विभिन्न घटनाहरुसगै रुस र कतारबाट विश्वकप फुटबलको आयोजना खोसिन सक्ने फिफाका एक अधिकारीले चेतावनी दिएका छन् ।
फिफाका वरिष्ठ अधिकारी डोमेनिक स्कालाले घुस दिएको प्रमाणित भएमा रुस र कतारले विश्वकप गुमाउने चेतावनी दिनु भएको हो ।
यद्यपि स्कालाले कुनै घुस दिएको प्रमाण भने अहिले सम्म नदेखिएको बताउनु भयो ।
स्काला फिफा अडिट समितिका प्रमुख हुनुहुन्छ ।
ज्युरीचमा फिफाको चुनाव अघि अमेरीकी एजेन्सीले छापा मारेर ७ वरिष्ठ अधिकारीलाई पक्राउ गरिएको थियो ।
पछि पाचौ कार्यकालका लागि निर्वाचीत फिफा अध्यक्ष सेफ ब्लाटरले समेत राजीनामा दिईसक्नु भएको छ ।
युक्रेनको मामलाई लिएर रुसलाई विश्वकप फुटवल आयोजना गर्न दिन नहुने युरोपेली मुलुक र अमेरीकाको दवाव रहदै आएको थियो भने कतारमा गर्मीका कारण विश्वकप सार्नु पर्ने तर्क हुदै आएको थियो ।
रुसले भने ब्लाटर र फिफा अधिकारीमाथिको यो प्रपन्च रुसलाई विश्व कप आयोजना गर्न दिने निर्णयको विरोधमा षड्यन्त्र स्वरुप भएको दावी गर्दै आएको छ ।