काठमाण्डौ, २३ जेठ ।
भूकम्प पीडितलाई सहयोग संकलन गर्न राजनीतिक दलका नेता र कलाकारबिच भएको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी भएको छ ।
सशस्त्रको हलचोक मैदानमा भएको खेलमा कलाकारको टोलीले नेताको टोलीलाई ३– ० ले हराएको हो । कलाकारले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो ।
खेलमा नेताको टीमबाट प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्रीहरु शेरवहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, युवा नेताहरु गगन थापा, रविन्द्र अधिकारी, योगेश भट्टराई, बर्षमान पुन लगायत सहभागी थिए ।
त्यस्तै कलाकारको टोलीमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, करिश्मा मानन्धर, दिपकराज गिरी, दिपाश्री निरौला, झरना थापा, दिलिप रायमाझी लगायत सहभागी भए ।लनेताको टिमको कप्तानी गरेका प्रधानमन्त्री सुशील कोइराला २५ मिनेटसम्म मैदानमा खेल्नुभयो भने नेता प्रचण्ड, ओली, झलनाथ खनाललगायतका नेता ६ मिनेटपछि नै मैदानबाट बाहिरिनुभयो ।
जनही ५ सय रुपैयाको टिकट विक्रि तथा नेता र कलाकारले लगाएका जर्सि विक्रि गरेर संकलन हुने रकम भुकम्प पीडितलाई प्रदान गर्ने आयोजक नयाँ पत्रिकाले जनाएको छ ।