भूकम्प पीडितको सहयोगका लागि नेता र कलाकारबीच मैत्रीपुर्ण फुटवल हुँदै ।

भूकम्प पीडितको सहयोगका लागि नेता र कलाकारबीच मैत्रीपुर्ण फुटवल हुँदै ।

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, जेठ २३ ।

भूकम्प पीडितको सहयोगका लागि आज राजनीतिक दलका नेता र कलाकारबिच मैत्रीपुर्ण फुटवल हुँदैछ ।

सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा अपरान्न ३ बजे सुरु हुने खेलमा नेताको टीमबाट प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पुर्व प्रधानमन्त्रीहरु शेरवहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, युवा नेताहरु गगन थापा, रविन्द्र अधिकारी बर्षमान पुन लगायत सहभागी हुनेछन् ।

यसैगरी कलाकारको टोलीमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, नायिका मनिषा कोइराला, करिष्मा मानन्धर, झरना थापा, नायक दिलिप रायमाझी लगायत सहभागी हुनेछन् । खेलको राष्ट्रपति डाक्टर रामबरण यादवले उद्घाटन गर्नुहुनेछ ।

जनही ५ सय रुपैयाँको टिकट विक्रि तथा नेता र कलाकारले लगाएका जर्सी बेचेर संकलन हुने रकम भुकम्प पीडितलाई प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजना नयाँ पत्रिका दैनिकले गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी