काठमाडौ २३ जेठ ।
बुटवलमा जारी १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आर्मी विरुद्ध झापा मैदान उत्रिदैछ । खेल अपरान्न ३ बजे बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा एकमात्र विदेशी टोली दार्जिलिङ ११ लाई पराजित गर्दै अयोजक रुपन्देही फाइनलमा प्रवेश गरेको छ ।
दीपक राईको ह्याट्रिकको मदतमा रुपन्देहीले दार्जिलिङ माथि ५–२ को जित हात पार्दै उपाधि यात्रा कायम राखेको हो ।
रुपन्देहीका लागि पुकार गहतराज र बिमल घर्तीले १–१ गोल थपे । त्यस्तै दार्जि्लिङका लागि एभोन राई र भाइचोङ राईले १–१ गोल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline